२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

ईप्रका जमुनाह प्रहरीले सिमा नाकाबाट लागुऔंषध सहित ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

ABC (क्राईमबिट)
बाँके । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन ।

भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सई माधब रिजालले जानकारी दिनुभएको छ ।
भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनिहरु पनि लमहीकै हुन । पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन ।

श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा चेकजाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!