२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

बर्थडे मनाउन आएका युवक भैरहवाको होटेल सी प्रिन्ट बाहिर मृत अबस्थामा फेला

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

ABC (क्राईमबिट)
भैरहवा । सिद्धार्थनगर(३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फरार रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ ।

अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि उनीहरूमध्ये केही भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको तेस्रो तल्लाबाट चोरी गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!