२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

काठमाडौँको कोटेश्वरबाट कछुवासहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

ABC (काईमबिट)
काठमाडौं । वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका ९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन्।

आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा वन्यजन्तुको अवैध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनापछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट १० वटा कछुवाका बच्चा बरामद गरेको छ। तीन वटा मोबाइल र एउटा बा ९९ प ४९४४ नम्बरको बाइक पनि बरामद गरेको छ।

प्रहरी प्रभाग कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!