२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

बर्दियामा हावाहुरीले सर्वसाधारणको जन र धनको क्षति १ लाख ५० हजार जलेर नष्ट

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

(ABC=SANCHAR)
बर्दिया । चक्रवती हावाहुरीले मधुवनका १२ बर्षिय अमृत थापाको पर्खालले च्यापेर शनिबार साँझ मृत्यु भयो । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल स्थित बालकराम लोधको घरमा आगलागी हुँदा अन्नबाली जल्नुका साथै नगद रु १ लाख ५० हजार जलेर नष्ट भयो । चक्रवती हावाहुरीले बितण्डा मच्चाउँदा सर्वसाधारणलाई व्यापक क्षति पु¥याएको छ । हावाहुरीले मानव, पशुपन्छीको ज्यान लिएको छ । कयौं घर भत्काएको छ भने विद्युत तार सर्ट भई घरमा आगलागी हुँदा नगद ठुलो धनराशी जलेर नष्ट भएकोछ ।

हावाहुरीले ३० मिनेट मच्चाएको बितण्डाले सर्वसाधारणलाई ठुलो क्षति व्यहोर्नु परेको छ । हावाहुरीले घरको पर्खाल ढाल्दा च्यापिएर मधुवन नगरपालिका–७ सुक्रबस्तीका १२ वर्षीय अमृत थापाको मृत्यु भयो । हावाहुरी चल्दा घरभित्र बालक बस्दा पनि ज्यान बचाउन सकेनन् । हावाहुरीलाई छलेर घरमा लुकेका बालकको अकालमै ज्यान गयो । घरका पर्खाल काल बनेर खस्दा बालकको ज्यान गएको हो । त्यसैगरी ८ जना घाइते भएका छन् । घाईते मध्ये २ जनाको नेपालगंजमा उपचार भईरहेको एसपी बिरेन्द्र बहादुर शाहीले बताए । एक जना महिलाको अवस्था गम्भिर रहेको छ ।हावाहुरीले बिद्युत तार सर्ट हुँदा गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल स्थित बालकराम लोधको घरमा आगलागी हुँदा अन्नबाली जल्नुका साथै नगद रु १ लाख ५० हजार जलेर नष्ट भएको छ । आशापुरका लोध कृषिकर्मका आफ्नै खेतमा घर बनाई तरकारी खेती गर्दै आएका छन् । शनिबार हाटबजारमा आफ्नै खेतबारीमा फलाएको तरकारी बेच्न गएको बेला घरमा आगलागी भएको लोधले बताए । हावाहुरी भयानक भएकोले बालबालिकाले बचाउन नसकेको लोधको भनाई छ ।

‘ऋण तिर्न कृषि विकास बैकबाट ऋण रु १ लाख ६५ हजार निकालको थिए’ लोधले भने,‘जस मध्ये १५ हजार मात्र मलजलमा खर्च गरेको थिए ।’ ज्वाँईबाट लिएको ऋण तिर्न राखेको रु १ लाख ५० हजार जलेर नष्ट हुँदा ठुलो क्षति भएको उनले सुनाए । लिएको ऋण तिर्न बैंकबाट निकालेको ऋण, अन्नबाली र नष्ट भएको भावुक हुँदै लोधले जानकारी दिए ।

हावाहुरी चल्दा घरको जस्तापाताको छानो टाढा खेतमा हुत्ताएको छ । घरमा राखिएको अन्नबाली, गाईभैसीको लागि राखिएको भुस जलेर नष्ट भएको छ । ऋण तिर्न निकालेको नगद रकम घरमै झोलामा राखेको थिए । नगदसहित अन्नबाली जल्दा र घरको छानो हुत्ताउदा लोध हालबेहाल बनेका छन् ।

हावाहुरीले जिल्लामा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले घर रुखबिरुवा ढाल्दा च्यापिएर कयौं गाईभैसीसमेत मरेका छन् । हावाहुरीले जिल्लाको विभिन्न स्थानमा विद्युत पोल ढाल्दा एक दिन विद्युत अवरुद्ध भयो । विद्युत अवरुद्ध हुँदा प्रचण्ड गर्मिमा सर्वसाधारणलाई सास्ती भोग्नु प¥यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!