११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

लक्ष्मण राईको मीठो वैंशालुको वैंश मलाई औधि माया गर्ने माया कहाँ गईछ र ?

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९


(तुफान बाबू श्रेष्ठ)
दाङ । जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरुमा गायक लक्ष्मण राईले स्वर भरेका छन्। “पिरतीको भाका” बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो।
३५ वर्ष शिक्षण पेशाका सेवाधर्मि भई हाल रिटायर्ड जीवनलाई सिर्जनाको लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुशल वाद्यवादक पनि हुन्। उनले हार्मोनियम, वासुरी, मादल, तबला र गितार बजाउँने गरेका छन्।
सल्यानी माटोमा हुर्किएका राईले प्रेमका सुन्दर भावनाहरुलाई कुशल शब्द र स्वरमा व्यक्त गरेका छन्। प्रेमको आभाष गराएर छोडी जाने मायालुसँग उनले गीतमा गुनासो गरेका छन्। सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैं आएका राई फाईन आर्टमा पनि निपुण छन्। उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साईन बोर्ड लेखनबाटै बनाए। यो क्रममा उनले धेरै कलाकारलाई सिप पनि सिकाए।
सेकाइ ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतमा एरेन्जर सूर्य रुम्बा रहेका छन्। मिक्स/मास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन्। एमयूए दीया रिजाल, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन्। क्यामरा असिस्ट विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने संपादन फराज अर्पणको रहेको छ। गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन्। निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!