(महेन्द्र सिंह)
बाँके । नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जमा अवैद्ध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्धुकसहित एक जनालाई पक्राउ गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको अर्जुनबाण गणले अवैद्ध भरुवा बन्धुकसहित एक जनालाई पक्राउ गरेको नेपाली सेनाले जनाएको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१३ सिम्री निवासी ५४ वर्षिय बल बहादुर पल्ली मगर रहेका छन् । मगरलाई नेपाली सेना र निकुञ्ज प्रशासनको कर्मचारी सहित खटिएको संयुक्त पेट्रोल टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी २७ जेठमा नियन्त्रणमा लिएको हो ।
उनले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा अवैद्ध भरुवा बन्धुक लुकाई राखेको अवस्थामा बरामद गरेको नेपाली सेनाले जनाएको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको नेपाली सेनाले जनाएको छ ।