२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट ५ बर्षको बालकको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०१, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट पाँच वर्षका सुप्रिम रिलामीको मृत्यु भएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

बालकको शव चितुवाले चिथोरेको अवस्थामा घर नजिकै छपेली सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।

चितुवाले बालकको घाँटीमा चिथोरेको थियो। पछिल्लो समय तनहुँमा फेरि चितुवाको आतङ्क बढेको छ।

गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर वडा नम्बर १ र ४ मा दुई जना घाइते भएका थिए।

२०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवा नियन्त्रण गर्न खोरसमेत राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!