
(सिमा गुरुङ)
भैरहवा । होटल पौवामा रहेको स्वीमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर बेलुकी सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए । तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिए ।
होटल पौवामा बालबालिका र वयस्कका लागि अलगअलग स्वीमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमा छ । यता प्रहरीले २७ बर्षको युवकको नुहाउने क्रममा कसरी मृत्यु भएको हो थप प्रहरीले अनुसन्धान गर्दै छ ।