२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

नेपाल बायुसेना निगमका विवादास्पद अध्यक्ष अधिकारी निलम्बनमा

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई सरकारले निलम्बन गरेको हो ।

निगमभित्र अनियमितता गरेको आरोपमा उनी निलम्बनमा परेका हुन् । अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर जहाज भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनका लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई नोक्सान गरेको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा कम्पनी टिकट बिक्रिको ठेक्का दिएर आर्थिक लाभ लिएको, निगमका अधिकारी तथा कर्मचारीलाई अनुशासनमा राख्न नसकेको भनेर उनलाई स्पष्टिकरण सोधिएको थियो ।

उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा थप राख्दा निगमनको ख्यातीमा आँच आउने र थप वित्तिय हानि नोक्सारी हुने, कर्मचारीको मनोल गिर्न गई निगमको प्रतिकुल असर पर्ने देखिएकाले स्पष्टिकरणको जवाफ प्राप्त नहूँदासम्म उनलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
आफुलाई निलम्बन गर्न लागेको थाहा पाएपछि अधिकारीले केही दिनअघि पर्यटन मन्त्री प्रेम आलेसँग भएको कुराकानीको अडियो तोडमोड गरी सार्वजनिक गरेका थिए । अनुमतिबिना त्यसरी अडियो रेकर्ड गर्न समेत नमिल्ने भएकाले त्यस विषयमा पनि मन्त्री आलेले उनीमाथि कारबाहीको तयारी गरेका छन् ।

गत वर्ष कात्तिक ८ गते नियुक्त भएका उनी सुरुदेखि नै अनेकौं विवादमा परेका थिए । यसअघि निगममा कार्यरत रहँदा पनि उनी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको घटनामा मुछिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!