०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

लागूऔषध नगदसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

ABC (क्राईमबिट)
सिरहा । लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले फेनारगन, डाइजिल्याव र व्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागुऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]