११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेपाल प्रहरीको ३२ जना एसएसपीहरु दरबन्दी रिक्त ३२ जना हुँदै कोको छ्न ?

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

डीआईजी सिफारिस गरेसँगै प्रहरीको जनपदतर्फ ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएका र २०५४ मा सेवा प्रवेश गर्नेहरुको बीचमा प्रतिस्पर्धा छ ।

कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा जितेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् । राष्ट्रिय अनुसन्धानबाट आएका अधिकृतहरु बरियताको सूचीमा अगाडि छन् । सिद्धिबिक्रम शाह मेरिट लिस्टमा दुई नम्बरमा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ र विमल बस्नेत प्रतिस्पर्धामा छन् । सिद्धिविक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । गणेश चन्द २०५१ चैतमा सेवा प्रवेश गरेका हुन् ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी र दानबहादुर कार्की सहितकासहितका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।

केदार रजौरे, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ, दिपक रेग्मी, दीपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास प्रतिस्पर्धामा छन् । बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएका थिए ।
ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, रामेश्वरप्रसाद यादव, लोकेन्द्र श्रेष्ठ र दिलीपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरवाही गरेको’ भन्दै कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
मनोजकुमार यादव, विनोद घिमिरे, दिपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दिपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दिलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन् ।
बढुवा समितिले विवादित र कारवाहीमा परेका अधिकृतहरूलाई अवसर नदिए २०५६ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विश्व अधिकारी सहितका ब्याचमेटहरुले अवसर पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!