२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

पोखरामा ढल निकास नहुँदा डुब्यो सुइँखेत क्षेत्र

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९


(ABC=SANCHAR)
पोखरा । बर्खाको पानीले निकास नपाउँदा पोखरा–२५ को सुइँखेत क्षेत्र डुबानमा परेको छ । शुक्रबार रातिदेखि परेको अबिरल वर्षापछि झन्डै ५ सय घर डुबानमा परेका हुन् ।


पहिला धानखेत हुने स्थानमा प्लटिङ गरेर घडेरी बनेपछि बर्खाको पानीले निकास नपाएको हो । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको हो ।

डुुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका झण्डै ५ सय घर प्रभावित भएको वडाध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!