२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

काठमाडौंमा बढ्न थाल्यो गुन्डागर्दी प्रहरी कार्वाही गर्न मुस्किल गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकामा एकाएक गुण्डागर्दी बढ्न थालेको छ । विशेषगरी ठमेल, दरबारमार्ग र गोंगबु क्षेत्रमा गुण्डागर्दी बढ्दै गएको व्यवसायीहरु नै बताउँछन् । केही समय अघि ठमेलको एलओडी डिस्कोमा झगडा हुँदा सोह्रखुट्टे बृत्तका इन्सपेक्टर शंकर श्रेष्ठले गुण्डागर्दीमा संलग्न अभिषेक शेरचनलाई पक्राउ गरी कारबाही गर्न खोजेका थिए । तर, उपत्यका प्रहरी कार्यालयका तत्कालिन प्रमुख एआईजी हरिबहादुर पालले उल्टै क्लव सञ्चालक राजु सिंह (माइला)लाई पक्राउ गरी मुद्दा चलाएका थिए । गृहमन्त्रीको सचिवालयबाट फोन आएपछि क्लवमा आतंक मच्चाउने शेरचनलाई छाडेर पक्राउ गर्न गएका इन्सपेक्टरलाई एआइजीले सोह्रखुट्टे बृत्तबाट तानेका थिए ।

क्लवमा आतंक मच्चाउन खोज्ने गुण्डा शेरचनलाई संरक्षण गरी क्लव सञ्चालकलाई पक्राउ मात्रै गरिएन, इन्सपेक्टर श्रेष्ठलाई पनि बृत्तबाट हटाइयो । अनि कसरी प्रहरीको मनोबल उच्च हुन्छ ? यो घटनाले ठमेलको एलओडी क्लव मात्र नभई अन्य रेष्टुरेन्ट सञ्चालकहरुले पनि शान्ति सुरक्षाको प्रत्याभूती गरी निर्धक्ककासाथ व्यवसाय गर्न नपाएको गुनासो गरेका छन् । किनकी ठमेलमा अहिले पुराना गुण्डा समूहहरु अहिले सल्बलाई सकेका छन् ।

तीन महिना अघि डान्स रेष्टरेन्टमा गएर युवतीमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेको तीन दिनमै छुटेका थिए । बम ठमेलमा गुण्डाका रुपमा परिचित छन् । त्यस्तै पछिल्लो समय प्रहरी मुकदर्शक बन्दा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ निकट गुण्डा सानुभाइ भन्ने युवराज गुरुङको गोंगबु र ठमेल क्षेत्रमा गुण्डागर्दी बढेको ठमेलकै व्यवसायीहरु बताउँछन् ।
अहिले काठमाडौंमा अधिकांश गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण रहेका कारण प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन् ।

दुई साता अघि दरबारमार्गको प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभास्कर सिंहमाथि कुटिपिट गरी टाउको फुटाउने काभ्रेली गुण्डा कुलध्वज लामा ‘कुले’ यतिखेर दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।

लिंकन स्कुलमा अध्ययनरत राम्रो परिवारका सिंह साथीभाइहरुसँग रमाइलो गर्न क्लवमा पुगेका थिए । तर, एक्कासी उनलाई कुले समूहले आक्रमण गर्दा टाउकोमा सात भन्दा बढी टाका लगाउनु परेको छ । सिंह नेपाली सेनाका एक जर्नेलका छोरा पनि हुन् ।

शुरुमा सार्वजनिकमा म्याद थपेको प्रहरीले कुलेमाथि ज्यानमार्ने उद्योगमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न कुले समूहमा रहेका विशाल तामाङ, सञ्जय लामा (नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाका भतिजा), डलर तामाङलगायत आधा दर्जन गुण्डाहरु फरार रहेका छन् ।

काभ्रे कांग्रेसको नेताहरु गृहमन्त्रीको नाममा कुलेलाई छुटाउन लागिपरेका छन् । उनीहरुले दरबारमार्ग बृत्तका डिएसपी विश्वराज खड्कालाई निरन्तर दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ ।

डीएसपी खड्काले भने अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको र घटनामा संलग्न अन्य गुण्डाहरुको खोजी भइरहेको बताएका छन् । कुले समूहको आक्रमणमा परी घाइते भएका सिंहको घर सुदूरपश्चिम रहेको र उनको बालुवाटारमा राम्रो सम्बन्ध रहेका कारण प्रहरीमाथि कुले समूहको आतंकलाई मत्थर पार्न दबाब परिरहेको छ ।
कुले समूह यसअघि सुन र डलर लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाई छ । कुलेलाई २०७२ सालमा तत्कालिन महानगरिय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो । यस्ता व्यक्तिलाई छुटाउन कांग्रेस नेताहरु नै लागेपछि प्रहरी अधिकारी समेत दिक्क भएका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एग्रेसिभ पुलिसिङ अघि बढाउने बताइरहँदा उपत्यकामा गुन्डागर्दीमा संलग्नहरु सक्रिय हुँदा उपत्यकाका प्रहरी अधिकारी निरिह देखिएका छन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!