२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

धरानका मेयर साम्पाङले सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने घोषणा

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

ABC-SANCHAR
काठमाण्डाै । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ ।

धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उहाँले गाडी बेच्ने घोषणा गर्नुभएको हो ।

गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पारित गरिसकेको छ।

मेयर राईले अहिले पनि सरकारी सुविधाको गाडी निकै कम चढ्ने गर्नुभएको छ । उहाँले व्यक्तिगत मोटरसाइकल चढ्दै आउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!