०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

श्रीलंकामा संकटकाल घोषणा देशभरी कर्फ्यू समेत जारी

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC-SANCHAR
काठमाडौं । प्रधानमन्त्री रनिल विक्रमा सिंघेले बुधबार देशमा संकटकाल घोषणा गरेका हुन् । उनले देशभरी कर्फ्यू समेत लागू गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाका लागि दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो ।

यसैबीच श्रीलंकाको राष्ट्रपति गोटाबाया राजापाक्षेले राजिनामा नदिएका कारण उनको स्थानमा नयाँ राष्ट्रपतिले सपथ लिन नपाउने व्यवस्था रहेको छ । यसको अर्थ राजापाक्षेले आधिकारिक पत्रमा राजिनामा नदिएसम्म श्रीलंकामा नयाँ राष्ट्रपतिले सपथ लिन पाउने छैनन् ।

राजापाक्षे भने श्रीलंका छाडेर माल्दिभ्स पुगेको तथा त्यहाँबाट अन्तिम गन्तव्यसम्म नपुगुन्जेल उनको राजिनामा नपाउने बताइएको छ ।

बीबीसीले जनाए अनुसार राजापाक्षेले राजिनामा पत्रमा हस्ताक्षर भने गरिसकेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!