०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

इन्डोनेसियामा यात्रु बोकेको जहाज आकस्मिक अवतरण पाइलटको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो।

जहाजमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ।

उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयमै उनको निधन भएको हो।

आफ्नो विमानका चालकको निधन भएको सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले पुष्टि गरेका छन्।

‘बिहीबार बिहान चालकले विमान आकस्मिक अवतरण गरे। उनलाई तत्काल नजिकैको अस्पतालमा लगियो। तर उपचारका क्रममा उनको निधन भएको छ,’ राईले भनेका छन्।

ती चालकको के कारणले निधन भएको भन्नेबारे अस्पतालले कुनै जानकारी दिइसकेको छैन।

राईका अनुसार बुधबार बिहान ६ बजे उडेको विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

सिटिलिंकले उडानभन्दा अगाडि आफ्ना चालक दलका स्वास्थ्य परीक्षण गरेको बताएको छ। सबैको स्वास्थ्य अवस्था ठीक भएकाले उनीहरू उडानमा भएको पनि कार्यकारी निर्देशक राईले जानकारी दिएका छन्।

एबिसी न्युजका अनुसार सिटिलिंक इन्डोनेसियाको सस्तो यात्रुबाहक जहाज हो। यसले सयभन्दा बढी रूट र ४७ वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

एबिसी न्युजका अनुसार सन् २००७ मा इन्डोनेसियाका जहाजलाई सुरक्षा चुनौतीका कारण युरोपमा उडान गर्न प्रतिबन्ध लगाइएको थियो। समय क्रममा जहाजहरूको प्रतिबन्ध खुला हुँदै गयो। सन् २०१८ मा आइपुग्दा इन्डोनेसियाका जहाजहरूमा लागेको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको हो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!