२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

टर्किस एयरलाइन्स प्लेनको खानामा सागको बीचमा सर्पको टाउको भेटियो

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


(ABC-Sanchar)
काठमाडौं । टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी छिन् । सर्पको टाउको पनि त्यतिबेला भेटियो जब उनले आफ्नो धेरैजसो खाना खाइसकेकी थिइन् ।
गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।

उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्न बसे । यसमा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल समावेश थियो ।

विमान परिचारिकाले आफ्नो खानामा सर्पको काटिएको टाउको भेट्टाउँदा उनले आफ्नो आधा खाना खाइसकेकी थिइन् ।

सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो ।

सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ । एयरलाइन्सका प्रवक्ताले भनेका छन्, ‘हाम्रो ग्राहकलाई विमानभित्र प्रदान गरिने सेवा उच्च गुणस्तरको होस् भन्ने हाम्रो चाहना हो । यसका साथै हाम्रा ग्राहक र कर्मचारी दुबैले सहज र सुरक्षित उडानको अनुभव गराउने हाम्रो उच्च प्राथमिकतामा पर्छ ।’

विमानभित्र प्रदान गरिने खानाबारे जे जति समाचार प्रकाशित भइरहेका छन्, त्यो पूर्ण रुपमा अस्वीकार्य छ र यसबारे विस्तृत अनुसन्धान थालिएको छ ।’

‘अनुसन्धान प्रक्रिया टुङ्गो नलागेसम्म सम्बन्धित उत्पादनको आपूर्ति रोक्नेलगायतका सबै उपायहरु तुरुन्त अवलम्बन गरिएको छ ।’

यता क्याटरिङ कम्पनीले उक्त घटनामा आफूहरुको कुनै पनि दोष नभएको र खाना फ्याक्ट्रीबाट बाहिरिएपछि यसमा सर्पको टाउको राखिएको हुनसक्ने आशंका व्यक्त गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!