२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

घाइते सुरक्षाकर्मीको सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देश

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

ABC (क्राईमबिट)
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएका मध्य तीन जनालाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर मार्फत सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी र प्रहरी जवान सन्तोष बुढामगरलाई थप उपचारका लागि नेपालञ्ज शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाईते मध्य नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र प्रहरी जवान इन्द्र घर्तीलाई लिन हेलिकोप्टर पुनः आउने बताईएको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना हुँदा प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ । गाडीमा सवार नेपाल प्रहरीका डिएसपी डाँगी र सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठ सहित ५ जना घाईते भएका छन् ।

गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाको कारण खुल्न कसेको छैन् । मृतक प्रहरी जवान पुनको शव जिल्ला सदरमुकाम रुकुमकोट ल्याउने तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।