१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

मलेसिया सरकारले आप्रवासी श्रमिकहरु माथिकाे प्रतिबन्ध खुल्यो

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


(ABC-Sanchar)
काठमाडौं । मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।

मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो। मन्त्रालयले आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो।

यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उल्लेख गरेको थियो। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो। पछिल्लो समय मलेसिया सरकारले श्रमिकको तलब वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) पुर्‍याएको छ। यसले गर्दा अझ आकर्षण बढेको छ।

पछिल्लो समय साउदी अरबलगायत अन्य खाडी मुलुक गएका नेपाली युवाहरू पनि फर्किएर मलेसिया जाने सुरसारमा छन्। कोरोना भाइरस महामारीका कारण मलेसियाले लामो समय नेपालीलगायत आप्रवासी श्रमिक प्रवेशमा कडाइ गरेको थियो।

जसकारण गत आर्थिक वर्षमा धेरै नेपालीहरू मलेसिया जान सकेनन्। १५ हजारभन्दा बढी युवाहरू मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!