२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मोटरसाइकल चोरेको आरोपमा १ जना युवक ट्राफिक प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका १६ पकनाजोलबाट मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भएर बालाजु बस्दै आएका २४ वर्षका अमर सुनार छन् ।

सुनारको साथबाट प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको मोटरसाइकल चोरेर उनले नम्बर परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मोटरसाइकल वैशाख २६ मा बानेश्वरबाट हराएको थियो । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!