२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दुर्घटनामा युवकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

(ABC Sanchar)                                        ओखलढुंगाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको शुक्रबार मृत्यु भएको हो।

जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार शेर्पालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुंगा सामुदायिक अस्पताल लगिएको थियो।

जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौं पठाएको थियो।

उपचारका लागि काठमाडौं लैजाने क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ। ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिइएको पनि अधिकारीले बताए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]