२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

राडर गनसहित दाङ ट्राफिक सडकमा तीब्र गतिमा सवारीसाधन हाक्नेलाई धमाधम कार्वाही गर्दै

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न दाङमा राडर गन सहित ट्राफिक प्रहरी सडकमा खटिएको छ ।

अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । दाङमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्याङ्क देखिएको छ ।

उक्त दुर्घटनामध्ये अधिकांश दाङका सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए ।

जिल्लाका राजमार्गहरूमा तीव्र गतिले सवारी दुर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान सुरु गरेका छौँ ।

अस्थाई ट्राफिक पोस्ट तुल्सीपुरका ट्राफिक प्रमुख वरिष्ठ सइ उत्तम जिसी यातायात कार्यालय तुल्सीपुरको सयुक्त कमान्डमा तुल्सीपुर सल्यान सडक खण्डमा केही सवारीसाधन बढी हाँक्नेलाई गाडीको अवस्था चेकजाँच गरेर कारबाही गरेको तुल्सीपुर ट्राफिक प्रमुख वरिष्ठ सइ जिसीले जानकारी दिनुभएको छ ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले दाङको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने दाङ जिल्ला ट्राफिक कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ ।

त्यस्तो गाडी तीव्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पिडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको दाङ जिल्ला ट्राफिक प्रमुख परियारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!