२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

व्यवस्थापन समितिमा समावेश गर्न  शिक्षा महाशाखा र वडा कार्यालयको पत्राचार,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ ।
यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र सो कुरालाई आधिकारिकता दिन घोराही उपमहानगरपालिका सामाजिक विकास शाखाले निर्देशन  दिएको छ ।
सामाजिक विकास शाखाले घोराही उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयलाई चैत्र २३ गते चलानी नम्बर ५७३ राखेर पत्र पठाउँदै मावि झिंगनीमा व्यवस्थापन समिति गठन पक्रिया पुरा गर्न भनेको छ । पत्रमा भनिएको छ– श्री माध्यामिक विद्यालय झिंगनी बञ्जारीको विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रक्रियामा अभिभावकबाट ४ जना सर्वसम्मत छनौंट भएको र त्यही छनौंट भएका चार जनाले २ जना सदस्य मनोनयन गर्ने क्रममा बसन्तराज अधिकारीको २ मत र सीता आलेको ३ मत प्राप्त गरेकाले निजहरुलाई नै मनोनित हुने देखिएकाले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया पुरा गरी सोको जानकारी गराउन समेत अनुरोध छ । यता शिक्षा महाशाखाको पत्र प्राप्त भएपछि घोराही उपमहानगरापलिका वडा नम्वर ३ को कार्यालयले साही दिन विद्यालयको नाममा चलानी नम्बर १५७८ भएको पत्राचार गरी सोही व्यहोराको पत्र विद्यालयलाई पठाएको छ । यस विषयमा बुझ्दा अभिभावकहरुबाट छनौंट भएका चार जना सदस्यले मनोनयन गर्ने दुईजना सदस्यका लागि चारजना व्यक्तिहरुले उमेदावरी दिनु भएको थियो । जसमा सीता आलेले ३ मत र बसन्तराज अधिकारीले २ मत प्राप्त गर्नु भएको थियो । जसमा अरु दुईजनाले एकएक मत प्राप्त गर्नु भएको थियो । जसमा एक मत प्राप्त गर्नुभएका पदम सुवेदीले सीता आले र बसन्तराज अधिकारीले बढि मत प्राप्त गरेकाले आफ्नो समर्थन रहेको बताउनुभयो । यता यस विषयमा घोराही उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष रामप्रसाद चौधरीले शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार व्यवस्थापन समितिका लागि ६ जना सदस्यहरु छनौंट भैसकेको र अध्यक्ष चयन अब छिटै हुने बताउनुभयो ।
यता विद्यालयका प्रधानाध्यापमक ऋषिराज अधिकारीले शिक्षा ऐन अनुसारनै विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउने बताउनुभयो । यसका लागि शनिबार वैठक समेत बोलाइएको उहाँको भनाइँ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]