१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

व्यवस्थापन समितिमा समावेश गर्न  शिक्षा महाशाखा र वडा कार्यालयको पत्राचार,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ ।
यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र सो कुरालाई आधिकारिकता दिन घोराही उपमहानगरपालिका सामाजिक विकास शाखाले निर्देशन  दिएको छ ।
सामाजिक विकास शाखाले घोराही उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयलाई चैत्र २३ गते चलानी नम्बर ५७३ राखेर पत्र पठाउँदै मावि झिंगनीमा व्यवस्थापन समिति गठन पक्रिया पुरा गर्न भनेको छ । पत्रमा भनिएको छ– श्री माध्यामिक विद्यालय झिंगनी बञ्जारीको विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रक्रियामा अभिभावकबाट ४ जना सर्वसम्मत छनौंट भएको र त्यही छनौंट भएका चार जनाले २ जना सदस्य मनोनयन गर्ने क्रममा बसन्तराज अधिकारीको २ मत र सीता आलेको ३ मत प्राप्त गरेकाले निजहरुलाई नै मनोनित हुने देखिएकाले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया पुरा गरी सोको जानकारी गराउन समेत अनुरोध छ । यता शिक्षा महाशाखाको पत्र प्राप्त भएपछि घोराही उपमहानगरापलिका वडा नम्वर ३ को कार्यालयले साही दिन विद्यालयको नाममा चलानी नम्बर १५७८ भएको पत्राचार गरी सोही व्यहोराको पत्र विद्यालयलाई पठाएको छ । यस विषयमा बुझ्दा अभिभावकहरुबाट छनौंट भएका चार जना सदस्यले मनोनयन गर्ने दुईजना सदस्यका लागि चारजना व्यक्तिहरुले उमेदावरी दिनु भएको थियो । जसमा सीता आलेले ३ मत र बसन्तराज अधिकारीले २ मत प्राप्त गर्नु भएको थियो । जसमा अरु दुईजनाले एकएक मत प्राप्त गर्नु भएको थियो । जसमा एक मत प्राप्त गर्नुभएका पदम सुवेदीले सीता आले र बसन्तराज अधिकारीले बढि मत प्राप्त गरेकाले आफ्नो समर्थन रहेको बताउनुभयो । यता यस विषयमा घोराही उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष रामप्रसाद चौधरीले शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार व्यवस्थापन समितिका लागि ६ जना सदस्यहरु छनौंट भैसकेको र अध्यक्ष चयन अब छिटै हुने बताउनुभयो ।
यता विद्यालयका प्रधानाध्यापमक ऋषिराज अधिकारीले शिक्षा ऐन अनुसारनै विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउने बताउनुभयो । यसका लागि शनिबार वैठक समेत बोलाइएको उहाँको भनाइँ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]