१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्यमा निर्वाचित राहुल गुप्तालाई पर्सा कार्यसमितिद्वारा सम्मानित,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्।

हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, कोषाध्यक्ष शम्भु सुमन, नेपाल फोटो पत्रकार महासंघ पर्साका पूर्व सचिव तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तिवारी यादव र आरोहण साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गुप्ताको सफलता पर्सा जिल्लाका लागि गौरवको विषय भएको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सफल खतिवडाले राहुल गुप्ताको निर्वाचनले पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा थप सशक्त बनेको बताए। उनले गुप्ताको नेतृत्व र अनुभवले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै पर्सा कार्यसमिति सधैं सहकार्य र समर्थनमा रहने स्पष्ट पारे। खतिवडाले यस उपलब्धिले अन्य युवाहरूलाई पनि पत्रकारिता क्षेत्रमा प्रेरणा मिल्ने धारणा राखे।

यसैगरी, नवनिर्वाचित केन्द्रीय सदस्य राहुल गुप्ताले आफूलाई गरिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गरे। उनले फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। गुप्ताले देशभरका फोटो पत्रकारहरूको आवाजलाई मजबुत बनाउँदै संगठनलाई अझ प्रभावकारी र समावेशी बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि गुप्तालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कार्यकाल सफल र उदाहरणीय रहने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]