२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्यमा निर्वाचित राहुल गुप्तालाई पर्सा कार्यसमितिद्वारा सम्मानित,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्।

हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, कोषाध्यक्ष शम्भु सुमन, नेपाल फोटो पत्रकार महासंघ पर्साका पूर्व सचिव तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तिवारी यादव र आरोहण साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गुप्ताको सफलता पर्सा जिल्लाका लागि गौरवको विषय भएको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सफल खतिवडाले राहुल गुप्ताको निर्वाचनले पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा थप सशक्त बनेको बताए। उनले गुप्ताको नेतृत्व र अनुभवले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै पर्सा कार्यसमिति सधैं सहकार्य र समर्थनमा रहने स्पष्ट पारे। खतिवडाले यस उपलब्धिले अन्य युवाहरूलाई पनि पत्रकारिता क्षेत्रमा प्रेरणा मिल्ने धारणा राखे।

यसैगरी, नवनिर्वाचित केन्द्रीय सदस्य राहुल गुप्ताले आफूलाई गरिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गरे। उनले फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। गुप्ताले देशभरका फोटो पत्रकारहरूको आवाजलाई मजबुत बनाउँदै संगठनलाई अझ प्रभावकारी र समावेशी बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि गुप्तालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कार्यकाल सफल र उदाहरणीय रहने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]