२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दशैमा शहर बजार रित्तिदै गाउँघर भरिंदै चहलपहल धेरै

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९


(ABC-Sanchar)
काठमाडौं । दशैँको टीकाको दिन नजिकिँदै गर्दा पोखराको शहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

दशैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिसहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

दशैँका लागि पोखरामा विगतमा भन्दा कम संख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिद बिक्री भइरहेको छ ।

बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ ।

पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दशैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् ।

मन्दिरमा विधिवत् फूलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उनले जानकारी दिइन । मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!