२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सशस्त्र प्रहरी बलको इतिहास जनयुद्ध सुरु भएसंगै सशस्त्र प्रहरी गठन गरिएको थियो

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बल विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलको उद्देश्य शान्ति, कानुन तथा सुव्यवस्था कायम गर्नु तथा नागरिकहरूको जीवन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्नु हो । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा नेपाल सेनाबाट १२० जना र नेपाल प्रहरीबाट करिब दश हजार जनाको सरुवा गरी गरिएको थियो । यस प्रारम्भिक भर्तीयता अहिले सशस्त्र प्रहरी बलको क्षमता निकै बढिसकेको छ ।

सशस्त्र प्रहरी बलको संरचना सशस्त्र प्रहरी बलको नेतृत्व प्रहरी महानिरीक्षक तथा अतिरिक्त प्रहरी महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकलगायतका वरिष्ठ अधिकारीहरूबाट गरिएको छ । यस निकाय मातहत विभिन्न बिग्रेडका साथै सीमा क्षेत्र तथा महत्वपूर्ण क्षेत्र नजिकै स्थायी तथा अस्थायी आधार शिविरहरू पनि छन् । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी माओवादी विद्रोहीविरुद्ध लड्नमा सघाउ पुर्याउने उद्देश्यले गरिएको भए पनि यसको भूमिका विस्तार हुँदै गएको छ ।

सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार नेपाल सरकारले सशस्त्र प्रहरी बललाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पुर्याउन एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्न सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!