२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङको घोराही तुलसीपुर सडक ४ वर्ष सम्ममा १० प्रतिशत मात्र काम किन?

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९


(ABC-Sanchar)
दाङ । तुलसीपुर घोराही जोड्ने फोर लेनको सडक विस्तार तथा निर्माणको कामले गति लिन नसक्दा थुप्रै यात्रुले सास्ती खेप्न बाध्य भएका हुनु । चार वर्ष पहिले सुरु भएको कामले अझैसम्म तीव्रता लिन सकेको छैन । उक्त सडकखण्डमा पछिल्लो पटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहनुभएको छ उनी पेटी ठेकेदारका रुपमा आएको सातौँ ठेकेदार छन् ।

गएको वैशाखदेखि काम सुरु गर्नुभएका श्रेष्ठको काम थालेको चार महिनासम्ममा चारै प्रतिशत मात्रै प्रगति देखिएको छ । उक्त सडक चार महिनामा चार प्रतिशत मात्रै प्रगति भएको देखिएको छ । यसअघिका ठेकेदारले छ प्रतिशतमात्रै काम गरेका थिए, अहिले श्रेष्ठ आएपछि थप चार प्रतिशत काम गरेर जम्मा १० प्रतिशत काम पूरा भएको छ । यो एकदमै न्यून प्रगति भएको प्रमुख बमको भनाइ छ ।
काम गरिरहेका छन् । यसको मुख्य ठेकेदार भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ । सँगै काम सुरु गरिएको चन्द्रौडा–कृष्णनगर खण्डमा मा भने ८२ प्रतिशत प्रगति भएको छ ।

कतै दुई लेन, कतै चार लेन

यो सडकखण्डको नाम लमही–घोराही–तुलसीपुर चारलेन भए पनि घोराहीको बबई खोला पुलदेखि मात्रै चार लेनको काम हुने भएपनि घोराही–तुलसीपुर चार लेन भन्ने गरिन्छ । नेपाल सरकारले जम्मा लागतको भ्याटसहितको १३ प्रतिशत रकम भुक्तानी गर्ने गरी एक्जिम बैंक भारतले ऋण सहयोग गरेपछि घोराही तुलसीपुर सडक निर्माण कार्य सुरु भएको थियो । बैंकको सर्तअनुसार भारतीय ठेकेदारले नेतृत्व गर्नुपर्ने, ५० प्रतिशत निर्माण सामग्री भारतबाटै ल्याउनुपर्ने भएकाले पनि काममा केही समस्या आउने गरेको आयोजना प्रमुख बमले बताए । खासमा घोराही–तुलसीपुर सडकखण्ड २८ दशमलव ९१ किलोमिटर स्तरवृद्धि गर्नुपर्नेमा १४ दशमलव ४६ किलोमिटर चारलेन र १३ दशमलव ७३ किलोमिटर दुईलेनको वनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

बबईखोलादेखि घोराहीसम्म छ दशमलव ५३ किलोमिटरमा दुुईलेन र घोराहीदेखि थापा चोकसम्मको चार किलोमिटरमा चार लेन, थापाचोकदेखि नारायणपुुरसम्मको तीन दशमलव पाँच किलोमिटरमा दुई लेन र नारायपुरदेखि खैरासम्मको दुई दशमलव एक किलोमिटरमा चार लेनको सडक वनाउनुपर्ने उल्लेख छ ।

त्यस्तै खैरादेखि दुधराससम्मको तीन दशमलव सात किलोमिटरमा दुई लेन र दुधरासदेखि तुलसीपुरसम्मको दुई दशमलव ३१ किलोमितरमा चार लेनको सडक वनाउनुपर्ने छ ।

सबै ठाउँमा चार लेनकै सडक वनाउनका लागि आफूहरुले पहल गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । भारतको पनि अनुमति लिनुपर्ने र नेपालमा पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने भएकाले झन्झटिलो र ५० प्रतिशत भेरियसन हुने भएकाले पनि त्यो प्रक्रिया अगाडि बढ्न नसकेको प्रमुख बलले बताए ।

उनका अनसार दुई लेन भएको स्थानमा ११ मिटर सडक चौडा गरिने र त्यसमा सात मिटर सवारी साधन चलाउनका लागि र दुवैतिर दुई/दुई मिटर यात्रु हिँड्नका लागि निर्माण फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै चार लेन भएको सडक २१ मिटर चौडा गर्नुपर्ने र त्यसको दुबैतिर सातसात मिटर सडक सवारी साधन गुडाउनका लागि प्रयोग गरिने र बीचमा दुई मिटरको डिभाइडर राख्नुपर्ने र दुवैतिर दुई/दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने योजनामा छ । उक्त सडक मूल्य अभिवृद्धिकर (भ्याट) सहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा रु एक अर्ब २३ करोड) मा निर्माण हुन लागेको हो ।

सडक निर्माणमा कुनै अवरोध छैन

सडक निर्माणका लागि सबै क्षेत्रबाट सहयोग भएको छ । अलि कति विद्युत्को समस्या देखिएपछि त्योबाहेक अन्य समस्या नभएको आयोजना प्रमुख बमले बताए । उनका अनुसार त्योबाहेक अरु समस्या केही छैन । काम गर्ने इच्छा भएमा कामले तीव्रता लिन सक्छ । अहिले निर्माण कम्पनीसँग १६ हजार घनमिटर ग्राबेल स्टक छ । रुख कटान भइसकेको छ । वन कार्यालयलाई त्यो हस्तान्तरणमा भने समस्या भएको छ ।

निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर शेखर शर्माले ठूलो प्रोजक्ट भए पनि ५० भन्दा बढी कामदार नभएको बताए । चार लेनका लागि हापुर, ग्वारखोला र सक्राम खोलाबाट सामग्री ल्याउन मिल्छ तर त्यहाँबाट ल्याउन नसकिएकाले समस्या भएको छ ।

कहाँ राखियो काटिएका रुख

उक्त सकडका लागि रुख काट्न जिल्ला वन कार्यालयले अनुमति दिएको थियो । सडक बीचमा पर्ने एकहजार दुईसय ७५ रुख काट्नुपर्ने भए पनि सात सय ९० रुख काटिसकिएको छ । बाँकी चार सय ८५ रुख काट्न बाँकी छ तर काटिएको रुख अहिलेसम्म पनि हस्तान्तरण हुन सकेको छैन ।

बाइस जनाको मृत्यु

उक्त सडक निर्माणका क्रममा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २२ जनाको मृत्यु भएकोे ६५ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा २२ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे ३५ जना घाइते भएका थिए । त्यस्तै २०७८/०७९ मा ३४ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा चार जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!