१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भारतको केन्द्रिय गृह मन्त्रालयले १० जनालाई आतंकवादी घोषणा

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

(ABC-Sanchar)
काठमाडौं । भारतको केन्द्रीय गृह मन्त्रालयले हिजबुल मुजाहिद्दीन, लस्कर-ए-तैयबा र अन्य प्रतिबन्धित संगठनका कुल १० सदस्यहरूलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत आतंकवादी घोषणा गरेको छ।

यस १० जनाको सूचीमा समावेश नामहरुमा साजिद जट (पाकिस्तानी नागरिक), बासित अहमद रेशी (मूल रूपमा काश्मिरको बारामुल्ला, हाल पाकिस्तानमा), इम्तियाज अहमद कान्डु उर्फ ​​सज्जाद (सोपोर, कश्मीरका निवासी तर अहिले पाकिस्तानमा बस्छन्), जफर इकबाल उर्फ ​​साली (मूल रूपमा पुन्चबाट तर हाल पाकिस्तानमा), र पुलवामाका बासिन्दा शेख जमील-उर-रहमान उर्फ ​​शेख साहब छन् ।

साथै बिलाल अहमद बेग उर्फ ​​बाबर (श्रीनगर निवासी, तर हाल पाकिस्तानमा बस्ने), रफिक नाइ उर्फ ​​सुल्तान (पुंछ निवासी), डोडा निवासी इरशाद अहमद उर्फ ​​इद्रिस, कुपवाडाका निवासी बशीर अहमद पीर र बारामुल्लाका शौकत अहमद शेख उर्फ ​​शौकत मोची छन् जो हाल पाकिस्तानमा छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!