२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर लमही नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९

(ABC-Sanchar)

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् ।

डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आएका थिए । तर,श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन् ।त्यस्तै डाँगीलाई नस्विकार्ने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन् । जसले गर्दा विवाद समाधान हुन सकेकाे छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!