१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

वैदेशिक श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने,

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र २८, २०८२

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ ।

वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत कागजात पेस गर्नुपर्ने जनाएको थियो ।

“वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल÷रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ”, अध्यागमन विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ ।

‘भिजिट भिसा’मा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]