२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आईजीपी धिरज सिंह प्रहरी कर्मचारीको नजरमा निडर अनुभवी र हित ब्याक्ति हुन

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धिरज प्रताप सिंहले जिम्मेवारी सम्हालिरहेका छन् ।

सेवा प्रवेशदेखि नै व्यवसायिक, कर्तव्यनिष्ठ, परिणाममुखी र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित सिंहको काँधमा सिंगो नेपाल प्रहरीको नेतृत्व आइरहदा शान्ति सुरक्षा, अपराध अनुसन्धान, न्याय र सुशासनका पक्षमा आम विश्वास देखिएको छ ।

बाहिरी अपेक्षाकाबीच आईजीपी सिंहलाई प्रहरी संगठनकै तल्लो दर्जाका प्रहरीले भने कसरी हेरेका छन् भनेर हामीले प्रहरी जवानका नजरमा आईजीपी सिंजहको नेतृत्व, कार्यशैली र अपेक्षा बुझ्ने प्रयास गरेका थियौ त्यसमा विभिन्न दर्जाका प्रहरी कर्मचारीले के के भने त हेर्नुहोस् उहाँहरुकै बोली यस्तो छ ।

भवानी प्रसाद भट्ट: प्रहरी हवल्दा

उहाँको व्यक्तिगत छवी, काम गर्ने तरिका र हामीजस्ता सबै न्यून दर्जाका कर्मचारीका सन्दर्भमा गर्ने व्यवहार मलाई एकदमै मनपर्छ । एकजना व्यक्तिका सन्दर्भमा नसोचेर सबैको भलाईका विषयमा काम गर्नुहुन्छ । उहाँको उच्च व्यवहारबाट प्रभावित छु ।

उहाँ आइसकेपछि सङ्गठनका विषयमा धेरै राम्रा योजनाहरु ल्याउनुभएको भन्ने सुनेको छु । पढ्नचाँहि पाएको छैन । मैले सातवर्ष अघिदेखि चिनेको कारण उहाँले गर्ने कामहरु एकदमै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु ।

वेदबहादुर राय: प्रहरी सहायक हवल्दार

भर्खरै उहाँले संगठनको नेतृत्व सम्हाल्नुभएको हो । सङ्गठन प्रमुखका जरुपमा उहाँले आगामी वर्षहरुमा चाल्ने कदम र आगामी कामको सन्दर्भमा त म केहि भन्न सक्तिन । तर, अहिले उहाँले गरिरहनुभएको कामका आधारमा निडर, साहसी, निष्पक्ष स्वभाव र सङ्गठनको अभिभावकत्व निभाउन सक्ने व्यक्तित्वको रुपमा देखा पर्नुभएको छ । उहाँले चाल्नुभएको कदमहरुले हामी गौरवान्वित छौं ।

हामीजस्ता निम्न दर्जाका कर्मचारीको सबैको प्रायः एउटै कुरा हुन्छ । पेन्सनको अवधि १६ वर्षमा झरिदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ । अहिले सहायक हवल्दार भन्ने एउटा पद थपिएको छ । यसमा कतिपय कर्मचारीहरु १६(१७ वर्ष जागिर गर्दा पनि यही पोष्टमा काम गरिरहनुपरेको अवस्था छ । उहाँहरुलाई पनि छिटो बढुवा गरेर हवल्दार हुने व्यवस्था गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ । पहिलेभन्दा केही सुधार भएकोचाँहि पक्कै छ । अझैँ सुधार भए झनै राम्रो हुने थियो जस्तो लाग्छ ।

अहिले न्यून दर्जाका कर्मचारी संयुक्त राष्ट्रसंघको मिसनमा जाने कुरा छैन । त्यसको बारेमा उहाँले कुरा उठान गर्नुभएको सुनेको छु । त्यसले हामी जस्ता न्यून दर्जाका कर्मचारीको वृत्तिविकास राम्रो हुनेछ ।

कल्याणकारी कोषमार्फत् अहिले एकजनाले चार लाख रुपैयाँ पाउने व्यवस्था भएको छ । यो क्रमिक रुपमा बढ्दै जाने कुरा हो । यसलाई अझै बढाएर ७–८ लाखसम्म ऋण निकाल्न सक्ने व्यवस्था हुनुपर्छ जस्तो लाग्छ ।

सङ्गठन प्रमुखले जनताका कुराका साथै हामी जस्ता न्यून दर्जाका कर्मचारीको कुरा पनि सुनिदिने वातावरण सिर्जना भयो भने कामको राम्रो वातावरण बन्छ । फिल्डमा खटिएका न्यून दर्जाका कर्मचारीलाई जनताका गुनासाहरु बढी थाहा हुने भएकाले यस्तो हुनुपर्छ ।

कहिलेकाँहि पहुँचका आधारमा डिउटीमा भएको कुरा भन्दा फरकखालको कुरा माथि पुगिरहेको हुन्छ । एकदमै सानो कुरा पनि माथि ठूलो कुराको रुपमा पुगिरहेको हुन्छ । जसले डिउटीमा रहेको प्रहरी कर्मचारीलाई हतोत्साहित गरिरहेको हुन्छ । अहिलेको आईजी’साबबाट भने अहिलेसम्म यस्तो भएको छैन । सत्य कुरा माथि पुग्यो भने डिउटीमा रहेको प्रहरी कर्मचारीले सँधै नियमका आधारमा काम गर्न पाउनेछन् भन्ने लाग्छ ।
देविलाल कैला: प्रहरी सहायक हवल्दार
अहिलेसम्म हामीले देखेअनुसार उहाँको काम गर्ने शैली राम्रो लागेको छ । उहाँले न्यून दर्जाका कर्मचारीका हितका सन्दर्भमा केही नयाँ कदम चाल्नुभएको छ । यसले हामीलाई खुशी प्रदान गरेको छ । यसका अतिरिक्त उहाँले समग्र सङ्गठनलाई नै बलियो बनाउन जुन भूमिका निभाउनुभएको छ, त्यसको प्रशंसा गर्नुपर्छ ।

उहाँ सङ्गठन प्रमुखका रुपमा भर्खरै आउनुभएकोले उहाँको समग्र कामको मूल्याङ्कन अहिले नै गर्न त सकिँदैन । तैपनि सुरुवाती चरणमा उहाँले संगठनलाई जसरी अघि बढाउने सोच बनाउनुभएको छ त्यसले राम्रो गर्ला भन्ने आशा जागेको छ । मिडियामार्फत् बाहिर आएको उहाँका कुराहरु सुन्दा त्यसले सकारात्मक दिशामा सङ्गठन अघि बढ्न लागेको आभास भएको छ ।

उहाँको सन्दर्भमा सञ्चार माध्यममा कुनै नकारात्मक कुराहरु आएका छैनन् । यसले सङ्गठनले निष्पक्ष मान्छे पाएको अनुभव भएको छ ।

न्यून दार्जाको कर्मचारीले सरुवा भएर जाँदा थोरै भए पनि घरपायक भयो भने राम्रो हुनेथियो भन्ने सोचिरहेका हुन्छन् । यसलाई पनि उहाँले मध्यनजर गरिदिनुहुन्छ भन्ने लागेको छ । यसैगरी उहाँले हाम्रो जागिरको अवधि १६ वर्षको मात्र बनाइदिनु हुन्छ कि भन्ने आशा लागेको छ ।

ओमप्रकाश धमला : प्रहरी जवान

उहाँको नेतृत्व क्षमता राम्रो लागेको छ । कार्यशैलीका हिसाबमा पनि उहाँ ठिक हुनुहुन्छ जस्तो लागेको छ । सरुवा बढुवाका कुरामा पनि उहाँले नेतृत्व सम्हालेसँगै राम्रो काम गर्नुभयो । विस्तारै उहाँका कामहरु देखिँदै आएको छ । भविष्यमा पनि उहाँले राम्रो काम गर्नुहुन्छ भन्ने आशा लिएको छु ।

अहिले उहाँले तल्लो तहका कर्मचारीको १६ वर्षमा पेन्सन गराउने जुन कुरा उठाइरहनुभएको छ त्यसको कार्यान्वयन उहाँकै कार्यकालभित्र भइदिए हुन्थ्यो भन्ने लागेको छ । उहाँले हरेक सन्दर्भमा निडर र साहसी निष्पक्ष भएर काम गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु । सरुवा बढुवाका कुरामा पनि उहाँले जसरी चासो लिनुभयो त्यसले सङ्गठनमा उत्साह आएको देखेको छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!