२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतको टिमले असोज २५ मा बिहान क्लब अगाडिबाट बाउन्सरलाई फलो गरेका थिए । लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टेको ओरालोमा कुरेर बसेका थप युवाहरु मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण आक्रमण गरिएको आरोपीहरुले प्रहरीसँग स्वीकार गरेका छन् । घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपीहरुले चुच्चेपाटीको रिकण्डीशनबाट मोटरसाइकल भाडामा लगेर प्रयोग गरेका हुन् । कपनस्थित दावा लामाको डेराबाट खुकुरी बरामद गरिएको छ ।घटनामा संलग्न मध्येका दोलखाको सैलुङ घर भएका विनोद तामाङ र जीवन तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर प्रहरी वृत सोह्रखुट्टेमा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले रामेछाप घर भएका विकास श्रेष्ठ, दोलखाका प्रदिप लामा, सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र कार्की, काभ्रेका जितेन लामा र सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दावादोर्जे शेर्पा उर्फ च्याङ्बालाई पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने ग्याल्जेन लामा अझै फरार छन् । पक्राउ परेकामध्ये विनोद तामाङ घटनास्थलमा देखिएका छैनन् । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!