२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

१ लाख फिरौती नपाउँदा साथीको हत्या

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९

आफ्नै साथीहरूबाट अपहरणमा परेका सिराहा गोलबजार-३ का १७ वर्षीय अंशु सदाको हत्या फिरौती वापतको रकम नदिँदा भएको खुलेको छ।

सिराहा गोलबजारबाट अपहरण गरेर विराटनगर ल्याएका अपहरणकारीहरू फिरौती वापतको पैसा बुझ्न जाने क्रममा प्रहरी फन्दामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार अपहरणकारीले माग गरेको एक लाख रूपैयाँ नदिएपछि अपहरणको तीन दिनपछि बिहीबार बिहान २ बजे विराटनगरमा अंशुको हत्या भएको हो।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक जना फरार छन्।

धनुषा कमला नगरपालिका-६ का १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ का २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ का १८ वर्षीय विसु भन्ने प्रशान्त मण्डललाई पक्राउ गरेको एसपी कोइरालाले जानकारी दिए।घटनामा संलग्न शिवकुमार मण्डल फरार छन्।

उनका अनुसार  मृतक अंशु र हत्या आरोपी तीन जना साथी हुन्। घुम्न जाउँ भन्दै गोलबजारदेखि लहानसम्म अंशुलाई राकेश, प्रशान्तकुमार र फरार रहेका शिवले म्याजिक भ्यानमा ल्याएको र लहानबाट बसमा २३ असोजमा विराटनगर बसपार्क आइपुगेको एसपी कोइरालाले बताए।  उनीहरू असोज २३, २४ र २५ गते धनकुटा लजमा बसेका थिए। त्यहाँ भाडा महँगो भएपछि उनीहरू धनकुटा लजसँगै रहेको न्यू अप्सरा गेष्ट हाउमा सरेका थिए,’ उनले भने, ‘कोठा नम्बर-१ बुक गरेर बसेका उनीहरूले भोलिपल्ट असोज २६ गते बिहानको २ बजे अंशुको हत्या गरेका रहेछन्।

अंशुको परिवार खेती किसानी गर्ने भएकोले उनीहरूले मागेको जति रकम दिन नसक्ने बताएको एसपी कोइरालाले बताए। उनीहरूले दश हजार रुपैयाँ मात्र दिने भनेको उनले बताए।

‘अशुंको परिवारले २७ असोजमा १० हजार रुपैयाँ बैंकमार्फत् पठाएको रहे‍छ,’ उनले भने, ‘माग गरेजति रकम नपठाएपछि चार जनाले अंशुको हत्या गरेछन्।’

उनीहरूले अंशुलाई इँटा र छुरा प्रयोग गरी हत्या गरेको एसपी कोइरालाले बताए।

उनका अनुसार अंशुको शव पोको पारेर बक्सपलङभित्र लुकाएर राखिएको थियो।

साथीको हत्या गरेका उनीहरूलाई प्रहरीले फिरौती रकम लिन आउने क्रममा पक्राउ गरेको हो। जुन अंशुको परिवारले बैंकमा १० हजार रूपैयाँ पठाइदिएका थिए।

‘फिरौतीको रकम लिन प्रशान्त र मनोज कार्की पुगेका थिए,’ उनले भने, ‘प्रशान्तलाई विराटनगर महानगरपालिका-९ स्थित माछापुच्छ्रे बैंक पुर्‍याउने काम भने कार्कीले गरेका थिए।’

दुवैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान गर्दा सदा हत्यामा राजेश ठाकुरको पहिचान खुलेको हो।

ठाकुरलाई प्रहरीले सदा हत्या गरेको अप्सरा गेष्ट हाउसको कोठाबाटै नियन्त्रणमा लिएको हो। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!