२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रहरी र नागरिक मिले मात्र समाज सुधार हुन्छ एसपी वली तेस्रो अन्तरपालिका घुम्ति बैठक शान्तिनगरमा सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन २९, २०७९


ABC (क्राईमबिट)
दाङ । सडकको सिनो नउटाएदेखि सधियारले जग्गा च्यापेको समेत विवाद जिल्ला प्रहरीमा आउने गरेको प्रहरी प्रमुख वलीले बताए । प्रहरी एक्लैको प्रयासले न जुवातास नियन्त्रण हुन्छ, नत लागु औषधको कारोवार र सेवनकर्ता नियन्त्रणमा हुन्छन्, नत विपतमा हामीले चाहे अनुसारको उद्धार गर्नसक्षम हुन्छौं । ‘वल्लो घरको मान्छेले दिनदिनै लागुऔषध सेवन गरीरहंदा र उसको च्यानलमा व्यापार गरीरहंदा पल्लो घरको मान्छेले देखेर पनि बोल्न सक्दैन भने प्रहरी एक्लैले यो विकराल समस्यालाइ कसरी न्युनिकरण गर्न संछ’, प्रहरी प्रमु्खले भने, घरजोडिएकाहरुका पनि मन फाटेका छन् । मृतक बुवा आमाको ज्युनी कसले खाने भन्ने मुद्धा पनि स्थानिय सरकारले मिलाउन नसकेर प्रहरीकोमा आउदा प्रहरीलाइ मुद्धा किनारा लगाउनै समस्या भएको उनको अभिव्यक्ति थियो । उनले न्यायिक समितिलाइ जागिरे अखडा नबनाएर विज्ञता भएका व्यक्तिहरुको संस्था बनाउन पनि स्थानिय सरकार प्रमुखलाइ आग्रह गरे ।
घुम्ति बैठकमा उठेको अर्को महत्वपुर्ण विषय भनेको विपतको थियो । विपत व्यवस्थापनकै सन्दर्भ । लमही—घोराही सडकमा पहिरो जांदा बाटो खोल्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख मसौट छिचोल्दै थिए । दशैको भोलिपल्ट उनीहरु लमही नपुग्दै दुवै तर्फबाट खसेको पहिरोमा रोकिए । पहिरो एउटा मात्रै थिएन । वयानव्वे स्थानमा पहिरो जांदा स्थानिय सरकारका विपत व्यवस्थापन समितिको स्टोरमा ताल्चा लागेको थियो । सडक विभागको डोजर चालक दशै विदामा घरमा मस्त थिए । विपत व्यवस्थापन शाखाको स्टोरमा ताल्चा लाग्छ भने त्यो भन्दा दुर्घाग्य के हुन सक्छ । दशै विदा सरकारी निकायमा काम गर्ने व्यक्तिलाइ दिइएको सुविधा मात्रै हो, अधिकार होइन, विपत व्यवस्थापन शाखाका स्थानिय सरकारका पदाधिकारीहरु चौविसै घण्टा अनकलमा हुनुपर्दछ, विपत व्यवस्थापनका सामाग्रिहरु चलाउन जान्ने कर्मचारी व्यवस्थापन गर्नु पर्छ भन्ने तिता मिठा सुझाव सहित बैठकमा बृहत छलफल पनि भयो ।
त्यसैगरी घुम्ति बैठकमा अर्को एउटा वहश भयो, त्यो हो स्थानिय सरकार भन्दा वाहिर प्रदेश सरकार र संघिय सरकारको विभिन्न विकाश निर्माणका ठेक्का लिएर फरार हुने ठेकेदारका विरुद्ध । तोकिएको समयमा पनि काम नगर्ने, तोकिएको मापदण्ड र गुणस्तरमा पनि काम नगर्ने तर विपतको वेला सम्पर्क विहिन हुने अवस्थाले पनि यो पटकको झरीको समयमा निकै समस्या भएको पालिका प्रम्खहरुले बताएका छन् । ठेक्का लिएर पनि सडक निर्माण पुरा नगर्ने प्रबृत्तिले कालाकाटे—गढवा—राजपुर सढक खण्ड धेरै स्थानमा अवरुद्ध भए । तर संपर्क गर्न खोज्दा ठेकेदार संपर्क विहिन । गढवा गाउपालिकाका अध्यक्ष एमनारायण पोख्रेल, उपाध्यक्ष सारदा चौधरीको यो अभिव्यक्तिलाइ दंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरीले पनि होस्टेमा हैसे गरे । दंगिशरण गाउपालिकामा एउटा सडक निर्माणको ठेक्का लिने ठेकेदार जनप्रतिनिधि भएपछि उसको ठेक्काको काम अलपज्ञ छ, त्यसलाइ कसरी सम्वोधन गर्ने आफुहरुलाइ थाहा नभएको भन्दै समन्वयको अपेक्षा उनको थियो ।

तुलसीपुरका उपप्रमुख स्यानी चौधरी देखि वगलाचुलिका प्रमुख प्रशाशकिय अधिकृत र ववइका प्रमुख कुल वहादुर केसीको पनि यस्तै वेवारीसे विकाशका कारण समस्या भएको अभिव्यक्ति थियो । कार्यक्रममा सवै पालिकाका प्रमुख, उपप्रमुख र प्रतिनिधिहरुले केहिन केहि समस्या राखेका थिए ।

त्यसलाइ समन्वयात्मक भुमिका जिल्ला समन्वय समितिले खेल्नुपर्ने र निति नियम बनाएर सवै विषयबस्तुलाइ क्रमश समाधान गर्दै लैजाने प्रमुख जिल्ला अधिकारीले स्पष्ट पारेका थिए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले यी सवै समस्यालाइ संबन्धित निकाय सम्म पु¥याउन सहजीकरण र समन्वय गर्ने आश्वासन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!