२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

भेटियो बगेका युवकको शव

Logo
प्रकाशित शनिबार, आश्विन २९, २०७९

बुटवलको तिनाउ नदीले बगाएर बेपत्ता भएका बुटवलका एक युवा मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान तिनाउमा बगेर बेपत्ता भएका बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

मजुवाबाट तिनाउ तरेर लुम्बिनी प्रादेशिक अस्पतालतर्फ जाने क्रममा उनलाई बिहान नदीले बगाएको थियो। नदीमा परेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शुद्धोधन गाउँपालिका-४ बेतानीमा शव फेला परेको प्रहरीले जनाएको छ।

अर्यालको खोजीको लागि तिनाउ नदीमा बाँध लगाएर पानीलाई दानव नदीतर्फ फर्काएर तिनाउको पानी सुकाइएको थियो। सोही क्रममा बेतानीमा शव फेला परेको प्रहरीले जनाएको छ।

कामका लागि गुल्मीदेखि बुटवल आएका अर्यालले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय सञ्चालन गर्दै आएका थिए। शव फेला परेपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएको जनाएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!