२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङको बबई हापुरेका विभिन्न ५ स्थानहरुमा जेब्राक्रसिङ निर्माण

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९


(केभी निस्चयल)
दाङ । लायन्स क्लब अफ दाङ बबई छहराको आयोजनमा तुलसीपुर सुर्खेत सडक खण्ड अन्तरगत हापुरेको माथिल्लो बजार सहिदगेट देखि सेन्टर बजार,ट्याक्सी पार्क हुँदै हंसपुर जाने बाटो प्रतिक्षालय सम्म विभिन्न ५ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको लायन्स क्लब अफ दाङ बबई छहराका अध्यक्ष प्रेम बहादुर वलीले जानकारी दिए ।

चाडपर्वको समयमा बजार क्षेत्रमा भिडभाड बढि हुदा हुने सम्भावित दुर्घटना न्युनिकरण गर्न, स्कुले विद्यार्थीलाई सहज रुपमा बाटो काट्ने वातावरण निर्माण गर्न र स्थानियहरुलाई समेत जेब्राक्रसिङबाट बाटो काट्ने बानिको बिकास गराउन जेब्राक्रसिङ निर्माण गरिएको हो ।

तुलसीपुर ९ पुलचोकमा रहेको पौडेल हार्डवयरको सामाग्री सहयोग तथा लायन्स क्लब अफ दाङ बबई छहराका युवाहरुको सकृयतामा भएको जेब्राक्रसिङ निर्माण कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट हापुर ट्राफिक इन्चार्ज प्रहरी हवलदार कुल चन्द्र न्युपाने ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुखसंगै प्रहरीहरुको समेत सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!