२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

सुर्खेतको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि उनले विचौलिया नीरक बहादुर शाहीसँग घुस लिएका थिए । गत १० भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेकोमा आइतबार मुद्दा दायर भएको हो ।अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीको सवारी साधन जाँचपास गराउनका निमित्त विचौलिया नीरक बहादुर शाहीमार्फत रु.३,०००।–घुस÷रिसवत माग गरी लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज मेकानिकल इन्जिनियर दिपक बमलाई बिगो रु.३,०००।– (तीन हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद तथा बिगोबमोजिमको जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ । बिचौलिया शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!