बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उच्च अदालत पाटनले २०७१ साउन २३ गते उपाध्यायलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ जरिवाना, १० लाख ४६ हजार २०७ पीडित राहत कोषमा जम्मा गराउन पनि ठहर भएको थियो।
यस्तै २ महिना १५ दिन कैद हुने ठहर पनि भएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनको सजाय कार्यान्वयन गराउन ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।