२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सुपारी तस्करी काण्डमा मुछिएका प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीलाई डिआइजीलाई उत्कृष्ट पुरस्कार

Logo
प्रकाशित सोमबार, आश्विन ३१, २०७९

सुपारी तस्करी काण्डमा मुछिएका प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीले उत्कृष्ट प्रदेश प्रमुखको रुपमा प्रहरी ब्याटन पाउने भएका छन् । सोमबार मनाउन लागिएको प्रहरी दिवसमा उनलाई सो पुरस्कार दिन लागिएको हो ।

एआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पुलिस ब्याटनको छनौट गरेको हो । स्थलगत निरीक्षणका आधारमा प्रदेश नम्बर १ लाई उत्कृष्टको पुरस्कार दिन लागिएको हो ।

बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका थिए । गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएपछि सेटिङ धन्दा बाहिर आएको हो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो । सो सुपारीमा ठूला व्यापारीको लगानी थियो । बालुवाटारमा डिल मिलेपछि राजश्वले तीन महिनापछि सुपारी छाडेको छ ।

व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । खासमा इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च मात्र रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपा ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ । जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायत छन् ।

 

उनीहरुकै सेटिङमा हालको देउवा सरकारले सुपारी आयात खोलेको थियो । तर, सेटिङ अनुसार लेनदेन नमिलेपछि बेला बेला प्रहरी परिचालन गरी रोक्ने गरिएको छ । व्यापारीहरुले मनकामना ट्रेडर्स नामक कम्पनीमार्फत यसरी सुपारी आयात गर्दै आएका छन् ।

स्रोतका अनुसार डिआइजी गिरीलाई यही कामका लागि बढुवा लगत्तै प्रदेश नम्बर १ को प्रमुखमा पठाइएको थियो । बढुवा र प्रदेशमा पदस्थापनका लागि उनले प्याकेजमै डिल गरेको र त्यही कारण काठमाडौं परिसरबाट बढुवा भएलगत्तै प्रदेश प्रमुखको जिम्मेवारी पाएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।हाल झापा र मोरङ जिल्लाबाट अहिले पनि सुपारी भारत गइरहेको छ । त्यसमध्ये प्रहरीसँगको सेटिङमा कतिपय तस्करीबाट जाने गरेको छ । गत आर्थिक वर्षमा दुई अर्बको सुपारी आयात भएकोमा एक अर्बको मात्र निकासी हुनुले पनि बाँकी तस्करीबाटै भारत गएको प्रष्ट हुन्छ । सरकार सुपारी तस्करीबाट चुनाव खर्च उठाउने खेलमा लागेका छन् । जसमा डिआइजी समेत प्रत्यक्ष रुपमा प्रयोग भएका छन् । देशमा विदेशी मुद्राको सञ्चितीमा चाप बढीरहेका बेला सरकार नै यसरी तस्करी धन्दामा लागेको छ । जसबाट मोरङ र झापाका प्रहरी समेत मालामाल भएका छन् । प्रहरीले पनि सेटिङबाट मस्त कमाएको छ । कमाउने प्रहरीहरु नै प्रहरी दिवसमा पुरस्कृत हुन लागेका छन् ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!