२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोल महासभामा भाग लिन भारत प्रस्थान

Logo
प्रकाशित सोमबार, आश्विन ३१, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह भारतको नयाँ दिल्लीमा कात्तिक १ मंगलबारदेखि ४ गते शुक्रबारसम्म सञ्चालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौंका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीन्द्रबहादुर धानुक, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा शुभकामनासहित बिदाइ गरेका छन् ।

१९५ इन्टरपोल सदस्य राष्ट्रका एनसीबी प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरूको वार्षिक प्रतिवेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराधजस्ता विषयहरूमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!