१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

एजेन्सी । रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् जसमा तीन बालबालिका सहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । अन्य १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।
दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्याथएको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!