३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

बझाङमा जिप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।

भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]