१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

बिरगंजमा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या,प्रहरीले अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

पर्सा । बिरगंज रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ताले आज बिहान करिब ९ बजे आफ्नै कोठामा पासो लगाई आ*त्महत्या गरेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी मोडल तथा टिकटक स्टारका रूपमा परिचित थिइन्।

उनको विवाह आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह भएको थियो। श्रीमान–श्रीमतीबीच केही समयदेखि तनाव रहँदै आएको र श्रीमानले दोस्रो विवाह गर्ने तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको उनका साथीहरूले बताएका छन्।

आ*त्महत्या गर्नु अघि उनले आफ्नो टिकटक आइडीमार्फत एक भिडियो पोस्ट गर्दै आफ्नो पीडा व्यक्त गरेकी थिइन्।
करिब सात वर्षअघि उनले विवेक गुप्तासँग प्रेम विवाह गरेकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]