०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

निर्वाचनको मुखैमा प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल सङ्गठनभित्र बिरोध

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल भएको आशङ्का गरिएको छ । यसले प्रहरी सङ्गठनभित्र असन्तुष्टि बढाएको छ ।

गएको साता मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५८ वर्ष बनाउनुपर्ने बताएका थिए । उनले उमेरहदबारे कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । सोअनुसार आइजिपीको उमेरहद ५८ वर्ष छ । एआईजी र डिआइजीको उमेरहद ५६ वर्ष छ । यस्तोमा ५७ वर्ष लाग्नेबित्तिकै एआईजी र डीआईजीले अनिवार्य अवकाश पाउँछन् ।

दुई एआईजी ५६ वर्षे उमेरहदका कारण यही कात्तिकभित्र अनिवार्य अवकाशमा जाँदै छन् । एआईजीद्वय अरुण बिसी कात्तिक १४ र रवीन्द्र धानुक २४ गते अनिवार्य अवकाशमा जानेछन् । उनीहरू अवकाशमा गए दुई डीआईजीले एआईजी बन्ने अवसर पाउनेछन् ।

उमेरहदबारे निर्णय गर्न नेपाल प्रहरीको ऐन संशोधन गर्नुपर्छ । जसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।

प्रहरीमा लामो समयदेखि उमेरहद र सेवा अवधिको विवाद कायम छ । वर्षौँदेखि प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनुपर्ने विषय उठाइँदै आएको छ । प्रहरीका सबैजसो अवकाशप्राप्त अधिकारीहरू ३० वर्षे सेवा अवधि हटाउनुपर्ने मत राख्छन् । तर, आफूअनुकूल नहुँदा भने त्यसबारे मौन नै रहन्छन् । ३० वर्षे सेवा अवधि नहटाइँदा प्रहरीको वृत्ति विकासमा ठुलो असर परेको बुझाइ सङ्गठनभित्रै छ ।

यसअघि, तत्कालीन गृहमन्त्री रामबहादुर गृहमन्त्री थापाको सक्रियतामा ३० वर्षे सेवा अवधि हटाउन पहल भएको थियो । त्यति बेला उमेरहद मात्र राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको थियो । जसमा प्रहरी प्रमुखको सेवा अवधि ३० वर्ष बनाउने कि ३२ बनाउने भन्नेबारेमा चर्चा भएको थियो ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनुपर्नेमा सबैजसो उच्च प्रहरी अधिकारीहरू एकमत छन् । तर, निश्चित समयावधि तोकेर तत्काल तल्लो ब्याचलाई प्रभाव नपर्ने गरी हटाइनुपर्ने माग उठाइने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!