२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

रुपन्देही जिल्ला प्रशासनले मङ्सिर ४ गते सम्मको लागि मदिरा बिक्रीवितरण रोक

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९


ABC (क्राईमबिट)
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवाले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

शनिबार एक सूचनामार्फत मंसिर ४ सम्मका लागि मदिरा किनबेचमा प्रतिबन्ध लगाएको जानकारी गराइएको हो । कार्यालयका सूचना अधिकारी सहायक सीडी‌ओ रामचन्द्र अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयको निर्देशनअनुसार उक्त निर्णय गरिएको बताए ।

निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन निर्वाचनको १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको सूचनामा उल्लेख छ । प्रशासनको निर्णय सर्वसाधारण र व्यवसायीले जानकारी पाउन नसकेका कारण मदिरा बिक्री र प्रयोगमा नियन्त्रण भने देखिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!