२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

धनगढीमा अतिक्रमण घरहरु भत्काउदै सडक विस्तारको काम सुरु हुँदै

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९


(राजन थारू)
कैलाली । धनगढी बजारस्थित मुल सडक विस्तार गर्न आसपासका संरचना हटाउँदै उपमहानगर कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सवा २ किमि सडक ३० मिटर फराकिलो बनाउन दुवैतर्फका संरचना भत्काइँदै
धनगढी — धनगढी उपमहागरपालिकाले मुख्य बजार क्षेत्रको सडक चौडा बनाउन दुवैतर्फका संरचना भत्काउन सुरु गरेको छ । बजारलाई ‘स्मार्ट सिटी’ को मापदण्डमा लैजान मुख्य बजारको पुनर्निर्माण कार्य सुरुवात गरिएको उपमहानगर प्रमुख गोपाल हमालले बताए । उनका अनुसार पहिलो चरणमा भत्काउन सहमति दिइसकेका सरकारी, गैरसरकारी निकाय र निजी घरधनीका संरचना भत्काउन थालिएको हो ।

उपमहानगरले शुक्रबार सेती प्रादेशिक अस्पतालका सटर र प्रयोगशाला भवनमा डोजर लगाएर अभिायनको थालनी गरेको हो । शनिबार र आइतबार मुख्य बजारकै लक्ष्मीनारायण मन्दिर, र त्रिनगर स्कुलका सटर भत्काएको छ । प्रमुख हमालले अधिकांश घरधनीले बजार क्षेत्र सुधार र विस्तारमा आफ्ना संरचना भत्काउन अनुमति दिइसकेको दाबी गरे । ‘अटेरी गर्नेको जबर्जस्ती पनि संरचना हटाइन्छ,’ उनले भने, ‘त्यो समस्या आउँदैन जस्तो लागेको छ ।’

मुख्य सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउने सवालमा असहमत हुनेलाई वार्ताका माध्यमबाट सहमतिमा ल्याउने प्रयासमा उपमहानगर छ । यसका लागि घरधनीसंँग वार्ता गर्न प्राविधिकसहितको टोली पनि बनाएको प्रमुख हमालले बताए । मर्कामा पर्ने घरधनीको तर्फबाट वार्तामा सामेल हुन अर्जुन श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ । ‘मेरो चुनावी नारा नै धनगढीको मुख्य बजार फराकिलो मात्रै होइन, स्मार्ट सिटीको मापदण्डमा लैजाने हो । यसले धनगढीको स्वरूपमा नै परिवर्तन ल्याउँछ,’ उनको भनाइ छ ।

१८ महिनापछि धनगढीको मुख्य बजार मार्ग कुनै समृद्ध सहरको जस्तै बन्ने उनले दाबी गरे । कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सवा २ किलोमिटर सडक ३० मिटर फराकिलो बनाउन लागिएको छ । विस्तार हुने सडकको दायाँबायाँ साइकल लेन, पार्किङ, अपांगमैत्री पेटी, हरियालीसहितको डीपीआर तयार भएको उनले सुनाए । यसका लागि ६० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उपमहानगरको अनुमान छ । एसीयाली विकास बैंक (एडीबी) को सहयोगमा धनगढीको चौराहादेखि कैलाली पुलसम्मको झन्डै २२ सय मिटर सडक विस्तारको ठेक्का लागिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!