२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

राष्ट्रिय परिचयपत्रमा ब्यापक कमिसन र चलखेल सुरु अख्तियार किन मौन ?

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९


(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक तीर्थ भट्टराई अमेरिकाको भ्रमण गरेर हालै फर्किएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको चाकडी बजाएर अमेरिका भ्रमणको सिफारिसमा परेका थिए भट्टराई ।

पाण्डे गृहमा सचिव रहुञ्जेल कम्तीमा पनि दिनमा एक पटक कार्यकक्षमै पुगेर चाकडी गर्न माहिर भट्टराईले उनका पालामा उपत्यका वा रुपन्देही, झापा, मोरङ, काभ्रे जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न ठूलै पापड बेलेका थिए । तर, गृहमन्त्री बालकृष्ण खाँण भट्टराईप्रति सकारात्मक नहुँदा सचिवको प्रयास सफल हुन सकेको थिएन ।

गृहको नेतृत्व खाँणले लिएपछि उनका भाइ रामकृष्ण खाँणमार्फत् महत्वपूर्ण जिल्लाको सीडीओ बन्न प्रयास नगरेका होइनन् । काँग्रेसका नेताहरुको दैलोमा पनि नपुगेका होइनन् । तर, उनको प्रयास सफल हुन सकेन । पाण्डे सरुवा भएपछि ‘मुडअफ’ भएका भट्टराईलाई पाण्डेकै आशीर्वादमा अमेरिका भ्रमणमा पुगेको बताइन्छ ।

नेपालमा रहँदा पनि अधिकांश समय कार्यालयको कामको बहानामा विभिन्न जिल्ला भ्रमणमा निस्किहाल्ने भट्टराईले भ्रमणमा आफू मातहतका कर्मचारीलाई भने अवसर नै नदिने गरेको आरोप छ ।

हरेक भ्रमणमा आफैं सुटकेश लिएर अघि बढिहाल्ने भट्टराईले कतिपय जिल्लामा परिवारै बोकेर जाने गरेका थिए । सिडीओको निःशुल्क आतिथ्यता पाइने भएका कारण भ्रमणमा जाँदा गुणै बोकेर कुद्ने गरेको आरोप छ ।

राष्ट्रिय परिचयपत्र छपाईमा पनि गम्भीर

घोटाला गरेको आरोप लागेका भट्टराईले कमसल परिचयपत्र छापेर मोटो रकम असुलेको आरोप छ । विभागको कार्यस्थलमा भिआइपीदेखि राष्ट्रसेवक कर्मचारी, प्रहरी, सेना लगायत सर्वसाधारणहरु परिचयपत्रका लागि फोटो खिचाउन दैनिकजसो लाइन लाग्ने गरेका छन् । आफ्नो कार्यकक्ष सुविधासम्पन्न नयाँ भवनमा राखेका भट्टराईले परिचयपत्रका लागि तस्बीर खिचाउने कक्ष भने साँघुरो बाख्राको खोर जस्तो रहेको छ । अशक्त र बृद्धहरुका लागि बस्ने व्यवस्था समेत नभएकाले लाइनमै उभिनुपर्ने बाध्यता छ ।

सिंहदरबारको पुरानो गृहमन्त्रालयकै आडमा रहेको उक्त विभागले सेवाग्राहीका लागि प्लाष्टिकको कुर्सी समेत व्यवस्था गर्न सकेको छैन । आफू चिटिक्क परेर त्यही बाटो आउजाउ गर्दा पनि उनलाई त्यो अस्तव्यस्त अवस्थाले लाज लागेको छैन । सेवाग्राहीले प्रयोग गर्ने शौचालयको अवस्था झन विकराल छ । पानीको थोपो नझर्ने शौचालयमा राखिएका बेसिन फोहोरले भरिएका छन् । सेवाग्राही लाइन बस्ने आसपासमै कुकुरले छाउरा हुर्काएका छन् ।

यस्तो दुरावस्थामा रहेको कार्यालयका प्रमुख भने भ्रमणका नाममा देशविदेश चाहारिरहन्छन् । बाहिर देखेर आएको कुरा आफ्नो कार्यालयमा लागू गर्न उनलाई चासो छैन । अमेरिका भ्रमणबाट फर्केलगत्तै आफ्ना हितैषी सीडीओ भएको रामेछाप कार्यक्रमको बहानामा पुगिसकेका छन् ।दृष्टि-न्युज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!