०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

बाँकेमा विकासको काम आफुले जुनसुकै समयमा पनि गर्ने नेता राईको प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९


(ABC-Sanchar)
बाँके । जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफनो निर्वाचन क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिका १९ मा घरदैलो गरेका छन् ।

उक्त वडाका फुटाहा, मन्निपुरुवा, भन्खुस्रा र सुईयामा घरदैलो गरेका हुन् । त्यसक्रममा मतदाताहरु उत्साहित भएर राईलाई स्वागत गरेका छन् ।

त्यसक्रममा राइले यो क्षेत्रको विकासका मुद्दामा आफुले जुनसुकै समयमा पनि साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरेका छन् ।

उनले यो क्षेत्रमा स्तरीय र जीवनोपयोगी सिपमुलक शिक्षा, आधुनिक प्रविधिको स्वास्थ्य, उत्कृष्ट सामाजिक सुरक्षा र युवा तथा रोजगारी लगायत भौतिक विकास निर्माण अनि पर्यापर्यटनलाई महत्वमा राखेर योजनाहरू बनाइरहेको भन्दै त्यसलाई सफल पार्नका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!