०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

नेपालगञ्जमा बम विस्फोट २ जना घाइते

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज १० भृकुटीनगरस्थित  एक घरमा बम विस्फोट भएको बाँके प्रहरीले जनाएको छ । बम बनाउने क्रममा विस्फोट भएको अनुमान प्रहरीले गरेको छ । उक्त घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट हुँदा घरको सिलिंगमा क्षती समेत भएको छ । उनीहरु नेत्र विक्रम चन्द (विप्लब) समूहका कार्यकर्ता रहेको बुझिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत सल्यानका एक जना विद्यार्थी उक्त घरमा एक बर्षदेखि बस्दै आएका थिए । उनकै कोठामा बम विस्फोट भएको हो ।

कोठामा अर्को बम पनि भेटिएको छ । नेपाली सेनाले उक्त प्रेसर कुकर बम डिष्पोज गर्ने तयारी गरेको छ । कोठाबाट बाहिर निकालेर खुला चौरमा बम बिस्फोट गर्ने तयारी भइरहेको छ । निर्वाचनको पूर्व सन्ध्यामा भएको यो घटनाले नेपालगञ्जमा त्रास बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!