चुनावको बेलामा नेपाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त भएका छन् । एआइजी रिक्त भएपछि केही विभाग निमित्तको भरमा छन् ।एक साताअघि उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी रबिन्द्र धानुकले अवकाश पाए । ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । एआइजीको अवकाशको उमेरहद बढाउनेबारे मन्त्रिपरिषद्मा छलफल भएपनि निर्वाचन आयोगले सहमति नदिएपछि उनले अवकाश पाएका हुन् । त्यसअघि १५ कात्तिकमा एआइजी अरुण बिसीले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै कार्य विभाग, अपराध अनुसन्धान विभाग तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय नेतृत्वविहिन बनेका छन् ।यसअघि नै मुकुन्द आचार्य र विश्वराज पोखरेलले अवकाश पाएको एआइजीको दुई दरबन्दी रिक्त छ । चुनावको मुखमा रिक्त पदमा बढुवा हुने सम्भावना कम छ, तर आकांक्षीहरुको दौडधुप भने तिव्र छ ।बढुवा गर्ने भएको छ । जसमा अब बसन्त कुँवरको टिमबीच प्रतिस्पर्धा हुने देखिन्छ । एक दर्जनश शक्तिशाली डिआइजीबाट चार जना छान्नुपर्ने भएकाले बढुवा त्यती सहज भने छैन ।रास्स